विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधि मेरिगोल्डलाई

पाेखरा | माघ ८, २०७९

विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधि मेरिगोल्डलाई

पोखरा:   एघारौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधि मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । उपाधि संगै मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल रह्यो ।


त्यसैगरी प्रतियोगितामा कास्की मोर्डनाइज एकेडेमीले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी मेट्रोपोलिटन एकेडेमीले तेश्रो स्थान हासिल गर्दै नगद १५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भएभने भ्युप्वाइन्ट बोर्डिङ स्कुलले शान्तवना स्थान हासिल गर्दै नगद ७ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भए । प्रतियोगितामा २० स्कुलको सहभागीता रहेको थियो ।


प्रतियोेगितामा बिजयीहरुलाई पुरस्कार प्रायोजक यु एन आई एक्सपर्ट एलइडी लाइटिङका सञ्चालकहरु पियुस कठारी, वीर बहादुर कंडेल र चन्द्र बहादुर थापा, महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिना लगायतले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।


महोत्सवको बाह्रौ दिन दर्शकको उल्लेख्य सहभागीता रहेको थियो । महोत्सवमा उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक राजु परियार, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, प्रदिप त्रिपाठी, करण तामाङ, मधु चापागाइ, रामजी पौडेल, सिता केसी, रिता कुंवर लगायतको एकल तथा दोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । त्यसैगरी सांझको लाइभ कन्सर्टमा दीक्षिता कार्कीको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए ।


महोत्सवको तेह्रो दिन लोकदोहोरी तर्फ श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरी ढुंगाना, मधु थापा मगर, किसन नेपाली, सानु बिकास, कमला सुनार लगायतको प्रस्तुती रहने छनभने सांझको लाईभ ब्याण्ड तर्फ अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्याण्ड मन्त्रको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।


यसैविच माघ ९ गते सम्म आयोजना हुने भनिएको महोत्सव एक दिन थप गरिएको आयोजकले जनाएको छ । माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान दुर्घटनाको दिनमा आयोजकले महोत्सव स्थगित गरेका कारण महोत्सवको अवधि एक दिन थप गरिएको महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।


महोत्सवको माघ १० गते कास्की क्षेत्र नम्बर १ का सांसद माननीय मन बहादुर गुरुङको प्रमुख अतिथ्यतामा समापन हुने आयोजकले जनाएको छ । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्